२०८१ कार्तिक ७, ०८:१४

खाना अड्किएर एक जनाको मृत्यु

चितवन : चितवनको कालिका नगरपालिकामा खाना अड्किएर एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा कालिका नगरपालिका-६ शान्तिटोलका ६८ वर्षीय आइतराम कुमाल रहेका छन्।

साँझ सवा सात बजे कुमाल आफ्नै घरमा खाना खाने क्रममा अड्किएर बेहोस भएका थिए।

उपचारका लागि भरतपुर अस्पताल लगिएकोमा उनको अस्पतालमा राति पौने ९ बजे मृत्यु भएको हो

Leave a comment

Your email address will not be published. Required fields are marked *