२०८१ कार्तिक ७, ०४:१६

युवाहरूले गरे बृन्दाबन सरसफाइ

मेचीनगर,महेश सुवेदी। राष्ट्रिय युवा संघ नेपाल मेचीनगर -३ ले आज सरसफाई कार्यक्रम सम्पन्न गरेको छ।

राष्ट्रिय युवा संघ मेचिनगर -३ को आयोजना मा आज स्थानीय पर्यटकीय स्थल बृन्दाबनमा आज बिहान १० बजे युवा संघ का सदस्य तथा स्थानीय युवाहरुले सरसफाइ कार्यक्रम सम्पन्न गरेका हुन्।

युवा संघ मेचीनगर ३ का अध्यक्ष एलिस पौडेल को अध्यक्षतामा सम्पन्न भएको कार्यक्रम मा ने.क.पा. एमाले मेचिनगर ३ का अध्यक्ष राजेन्द्र थापाको प्रमुख आतिथ्यता रहेको थियो त्यसै गरि कार्यक्रममा नेपाली काङ्ग्रेस  मेचीनगर ३ का सचीव कोषराज भट्टराई ,युवा संघ मेचीनगर २ का अध्यक्ष पृयन दर्जी युवा संघ मेचीनगर सदस्य रेनुका थापा लगायत स्थानीय युवाहरुको पनि उपस्थित रहेको थियो भने कार्यक्रम को संचालन भने युवा संघ मेचीनगर ३ का सचीव सुमन कार्की ले गर्नु भएको थियो।

कार्यक्रममा सहभागी सबैले यो राम्रो कार्यको सुरुवात भएको र यो कार्यलाई नियमित रुपमा लैजानुपर्ने मा जोड दिनुभएको थियो। सोही कार्यक्रममा अध्यक्ष पौडेल ले सरोकारवाला सबैले यो ठाउँ लाई माथि पुर्याउन मदत गरिदिन आग्रह समेत गर्नुभएको थियो।

 

Leave a comment

Your email address will not be published. Required fields are marked *