२०८१ कार्तिक ६, २०:५४
#ब्रेकिङ न्युज

मेचीनगरमा ‘सुत्केरी पोषण’ कार्यक्रम प्रभावकारी बन्दै

मेचीनगर ।  मेचीनगर नगरपालिकाले ‘सुत्केरी पोषण’ कार्यक्रमलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ । पछिल्लो समय सो कार्यक्रम प्रभावकारी पनि बन्दै गएको छ । नगरपालिकाले अहिले पन्ध्र वटै वडामा सुत्केरी भएका महिलाहरूलाई ‘सुत्केरी पोषण’ कार्यक्रम मार्फत जोड्दै गइरहेको मेचीनगर उपप्रमुख मीना पोख्रेल उप्रेतीले जानकारी दिइन् ।

मातृ मृत्युदर कम गर्न नगरका गरिब तथा पिछडिएका सुत्केरी महिला लक्षित कार्यक्रमका रूपमा अगाडि सारिएको यस कार्यक्रम अहिले सबैमाझ प्रभावकारी बन्दै गइरहेको उनको भनाइ छ । उनका अनुसार यस आर्थिक वर्षको लागि  पहिलो चरणमा ७ लाख बजेट छुट्याइएर कार्यक्रम अगाडी बढाइरहेको भएता पनि १५ लाख बढी रकम आवश्यक रहने र त्यो रकम नगरपालिकाले उपलब्ध गराउने उनले बताइन् ।

अघिल्लो आर्थिक वर्ष २०७९/०८० मा ११२ जनाले सेवा लिएका थिए भने नगरपालिकाको आर्थिक वर्ष २०८०/०८१ को छ महिनामा मात्रै सुत्केरी पोषण कार्यक्रम अन्तर्गत १६४ जनाले सेवा लिएका निमित्त स्वास्थ्य शाखा प्रमुख रामप्रसाद अधिकारीले जानकारी दिए ।

उनका अनुसार यस आर्थिक वर्षको पुस मसान्तसम्ममा सबैभन्दा बढी मेचीनगर ३ का ३० जना सुत्केरी महिलाले सेवा लिएका छन् । दोस्रोमा ९ नम्बर वडा रहेको  छ । उक्त वडामा १९ जनाले सेवा लिएका छन् । त्यस्तै नगरको सबैभन्दा कम मेचीनगर १, २ र ४  नम्बर वडामा समान दुई दुई जना सुत्केरी महिलाले सेवा लिएका छन् ।

सुत्केरी पोषण कार्यक्रम अन्तर्गत सेवा लिनका लागि अनिवार्य अस्पताल मै सुत्केरी हुनुपर्ने छ । त्यस्तै बच्चाको जन्म दर्ता अनिवार्य रहेको छ ।

नगरपालिकाले मापदण्ड नै बनाएर अहिले सुत्केरी महिलाहरूलाई १ केजी घ्यु, मह र मिक्स गेडागुडी गरी २ हजार मुल्य बराबरको पोषण सामाग्री वितरण गरिरहेको छ ।

मेचीनगरमा ‘सुत्केरी पोषण’ कार्यक्रम प्रभावकारी बन्दै

महिला सदस्यता शुल्कमा ५० प्रतिशत छुट :

मेचीनगरमा ‘सुत्केरी पोषण’ कार्यक्रम प्रभावकारी बन्दै

इन्डियन आइल सिजन १४ बाट बाहिरिएकी गायिका

Leave a comment

Your email address will not be published. Required fields are marked *