२०८१ कार्तिक ६, २३:३०
#ब्रेकिङ न्युज

पूर्वी नाका काँकरभिट्टाबाट साढे तीन अर्ब रुपैयाँभन्दा धेरैको कृषि, जडीबुटी तथा काष्ठ उत्पादन निर्यात

काँकरभिट्टा । पछिल्लो तीन महिनामा पूर्वीनाका काँकरभिट्टा हुँदै साढे तीन अर्ब रुपैयाँभन्दा धेरैको कृषि, जडीबुटी तथा काष्ठ उत्पादन निर्यात भएको छ । गएको कात्तिकदेखि पुस मसान्तसम्ममा तीन अर्ब ६९ करोड पाँच लाख १२ हजार मूल्य बराबरका वस्तु निर्यात भएका प्लान्ट क्वारेन्टिन कार्यालय काँकरभिट्टाका सूचना अधिकारी चन्द्रेश्वर ठाकुरले जानकारी दिए ।

तीन महिनामा सबैभन्दा धेरै एक अर्ब ६६ करोड आठ लाख मूल्य बराबरको दुई हजार सात सय ६८ मेट्रिक टन चिया निर्यात भएको छ । यस्तै ९८ करोड ९६ लाख मूल्य बराबरको एक हजार दुई सय ३७ मेट्रिक टन अलैँची निर्यात भएको छ । अम्लिसो, प्लाइउड र अदुवासमेत उल्लेख्य मात्रामा निर्यात भएको छ यस्तै बन्दाकोभी, मूला, मुसुरो दाललगायतका कृषि उत्पादन पनि निर्यात भएका छन् ।

पछिल्ला वर्षहरुका पूर्वी पहाडबाट कृषि उत्पादन तथा जडिबुटी निकासी हुने क्रम बढेको छ । चिया, अलैँची, अम्लिसो, अदुवा लगायतको खेती र उत्पादन बढेसँगै निर्यात पनि बढेको हो । पूर्वी पहाडका किसानहरुले पछिल्लो समय कृषि उत्पादनबाट लोभलाग्दो आम्दानी गर्न थालेका छन् ।

चालु आर्थिक वर्षको पहिलो तीन महिना अर्थात साउनदेखि असोज मसान्तसम्ममा काकडभिट्टा नाकाबाट पाँच अर्ब २७ करोड ३६ लाख २९ हजार मूल्य बराबरको नेपाली उत्पादन भारत, बङ्गलादेशलगायत देशमा निर्यात भएको थियो ।

Leave a comment

Your email address will not be published. Required fields are marked *