२०८१ कार्तिक ६, १९:१८
#ब्रेकिङ न्युज

श्रीमतीलाई कुटपिट गरी हत्या गरेको आरोपमा एक पक्राउ

दमक माघ १८–दमक ७ का ३४ वर्षीय विनोद राई श्रीमतीलाई कुटपिट गरी हत्या गरेको आरोपमा पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय दमकका अनुसार इलामको माङसेबुङ घर भई हाल दमक–७ सिर्जनाटोलस्थित काजीमान श्रेष्ठको घरमा भाडामा बस्दै आएका राईले २८ वर्षीया श्रीमती ममिला राईलाई कुटपिट गरि हत्या गरेका थिए ।

छिमेकीको घरमा जन्मदिनको भोज खाएर गए राति १ बजेतिर घर आएपछि राई दम्पत्तीबीच झगडा भएको थियो ।

कुटपिटबाट मृत्यु भएपछि आज बिहान ०७ः३० बजे स्थानीयले प्रहरीलाई खबर गरेका थिए । लगत्तै प्रहरीको टोली पुगेर राईलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान सुरु गरिएको उनले जानकारी दिए ।

झगडाका क्रममा विनोदले श्रीमतीमाथि निर्घात कुटपिट गरेको इलाका प्रहरी कार्यालय दमकका डिएसपी मनोजकुमार लामाले बताए ।

मृतकको अनुहार, टाउकोमा चोट लागेको देखिएको र प्रहरीले शवको मुचुल्का उठाई पोस्टमार्टमका लागि दमक अस्पताल पठाएको डिएसपी लामाले बताए ।

Leave a comment

Your email address will not be published. Required fields are marked *