२०८१ कार्तिक ६, १८:२७
#ब्रेकिङ न्युज

काँकरभिट्टामा गोर्खा सांगीतिक साँझको तयारी

झापा, १६ माघ । द गोर्खा मेमोरियल फाउण्डेशन नेपालले यही माघ २७ गते गोर्खा सांगीतिक साँझ–२ आयोजना गर्ने भएको छ ।

तीन वर्षअघि पहिलो कार्यक्रम गरेको फाउण्डेशनले यसपटक काँकरभिट्टा टाउन हलमा लाइभ म्यूजिक कन्सर्ट गर्न लागेको हो ।

मंगलवार काँकरभिट्टामा आयोजित पत्रकार भेटघाट कार्यक्रमका प्रमुख अतिथि गोर्खा मेमोरियल फण्ड यूकेका अध्यक्ष एवं बेलायतको फोक्सटन सिटीका पूर्व काउन्सिलर धनकिरण गुरुङले सो जानकारी दिएका हुन् ।

फोक्सटन सिटीमा पहिलो नेपाली काउन्सिलर बनेका उनी सांगीतिक क्षेत्रमा समेत सक्रिय छन् । गीतकार, संगीतकार र गायककारको छवि बनाएका गुरुङका दुई वटा गीतले अवार्डसमेत प्राप्त गरेका छन् ।

धनकिरण मुख्य कलाकार रहने सांगीतिक साँझमा भारत दार्जिलिङबाट चर्चित हास्य कलाकार महेन्द्र बागदासको बेजोड हास्य प्रहसन रहने छ । त्यस्तै, गायिका सृष्टि हिङ्माङ, द भ्वाइस अफ किड्सको रनर अप अनुजा कडँरियासहित अन्य कलाकार र ख्यातीप्राप्त ब्याण्डको प्रस्तुति रहने छ ।

कन्सर्टको उद्घोषण चर्चित उद्घोषक पश्चिम बंगालका मिस्टर सिंह र सञ्चारकर्मी भूमिका सुब्बाले गर्ने छन् । मेचीनगर नगरपालिका संरक्षक रहेको सांगीतिक साँझको सह आयोजक काँकरभिट्टा भेट्रान फुटबल क्लब रहेको छ ।

कार्यक्रममा फाउण्डेशनका महासचिव जगत गुरुङ, काँकरभिट्टा भेट्रान फुटबल क्लबका महासचिव शेरबहादुर बस्नेत(सुन्दर), प्रथम उपाध्यक्ष राजु पौडेललगायत फाउण्डेशन र भेट्रानका पदाधिकारी तथा सदस्यहरु सहभागी थिए ।

फाउण्डेशनका अध्यक्ष नगेन्द्र गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत फाउण्डेशनका उपाध्यक्ष एवं भेट्रानका अध्यक्ष गंगालाल गुरुङ र सञ्चालन फाउण्डेशनका सदस्य सन्तोष आचार्यले गरेका थिए ।

काँकरभिट्टामा गोर्खा सांगीतिक साँझको तयारी

शेर्पा, मगर, तामाङ र गुरुङ जातिले एकैसाथ

Leave a comment

Your email address will not be published. Required fields are marked *