२०८१ कार्तिक ६, १६:२०
#छापाबाट

” तिमी र म  तिमी” कविता

तिमी र म  तिमी……

सवै मेरै मेरो हो भन्छौं।।

 

म मेरो पनि केही हो भन्छु

ठिकै छ तिमी मलाई बोझ सम्झन्छौ

तर, म तिमीलाई मेरो साथी सम्झन्छु।।

 

तिमी लाई लाग्छ कि म तिमीलाई दुख दिन्छु साथी

तर, मैले पनि मेराको पेट पाली बचाउनुछ ज्यान।।

 

दुख त तिमी लाई पनि छ मलाई पनि त छ साथी

तिमी आफ्नो मेहेनत बचाउछौ म आफ्नो ज्यान।।

 

माफ गरिदेउ साथी धेरै दुख दिए मैले

मेरो पनि दुख छ बुझिदिने हो कस्ले ।।

 

खुशी हुन्छाै हाेला त्यो दिन जब म छाडी जानेछु

संसार जित होइन साथी ,त्यो दिन हुनेछ मानवताको हार।।

Leave a comment

Your email address will not be published. Required fields are marked *