२०८१ कार्तिक ६, १६:१२
#छापाबाट

बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ

 मेचीनगर- १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना युवक पक्राउ परेका छन् ।

मोरङ उर्लाबारी नगरपालिका–८ बस्ने १९ वर्षीय आयुष धिमाललाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो ।

धिमालले ती बालिकालाई मेचीनगर नगरपालिका–१२ चारआलीस्थित हट स्मोक क्याफेको कोठामा शनिबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरीले पक्राउ गरेको बताइएको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *