२०८१ कार्तिक ६, १८:१६
#खेलकुद #ब्रेकिङ न्युज

सेमिफाइनल समीकरण पूराः सलकपुर र देविगञ्ज एफसी अन्तिम चारमा

मेचीनगर । सलकपुर र देविगञ्ज एफसी प्रथम टोकला नकआउट फुटबल प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरेका छन् । सलकपुर एफसीले लायोन एफसीलाई र श्रीजङ्गा एफसीलाई देविगञ्ज एफसीले हराउँदै सेमिफाइनल यात्रा तय गरेका हुन् ।
सोमबार सम्पन्न पहिलो क्वाटरफाइनल खेलमा सलकपुर एफसीले लायोन एफसीलाई टाइब्रेकरमा ५–४ गोल अन्तरले पराजित गरेको थियो । निर्धारित समयमा दुवै तर्फ एक एक गोल भएको थियो । सलकपुरका लागि खेलको म्यान अफ द म्याच विराज राईले गोल गरेका थिए भने लायोनका लागि अजय शाहीले गोल गरेका थिए ।
त्यसैगरी, दोश्रो खेलमा देविगञ्ज एफसीले श्रीजङ्गा एफसीलाई २–० गोल अन्तरले पराजित गरेको थियो । देविगञ्जका लागि रविन प्रधानले गोल गरेका थिए भने एक आत्मघाती गोल उपहार पाएको थियो । खेलको म्यान अफ द म्याच रविन प्रधान घोषित भए ।

Leave a comment

Your email address will not be published. Required fields are marked *