२०८१ कार्तिक ६, २३:५३

जीवी (गितेन्द्रबाबु) राईविरुद्ध डिफ्युजन नोटिस जारी

काठमाडौं । सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष जीवी (गितेन्द्रबाबु) राईविरुद्ध शुक्रबार डिफ्युजन नोटिस जारी भएको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीले राइविरुद्ध डिफ्युजन नोटिस जारी गर्नका लागि भन्दै प्रहरी प्रधान कार्यालय नक्साललाई गत पुस ५ गते पत्राचार गरेकोमा शुक्रबार डिफ्युजन नोटिस जारी भएको प्रहरी प्रधान कार्यालयको इन्टरपोल शाखाले जनाएको छ।

सहकारीको रकम हिनामिना गरेको प्रकरणमा जीवी राईसहित एक दर्जन व्यक्ति फरार छन् र त्यसले रास्वपा सभापति रवि लामिछाने विवादमा परिरहेकाे छन्।

डिफ्युजन नोटिस जारी भएसँगै इन्टरपोलका १९६ सदस्य राष्ट्रले उनको खोजी गर्ने र फेला परेको बेला नेपाल फर्काउने प्रक्रिया सुरु गर्नेछन्।

Leave a comment

Your email address will not be published. Required fields are marked *