२०८१ कार्तिक ६, २२:१०
#ब्रेकिङ न्युज

महामन्त्री गगन थापाले शनिबारदेखि झापाबाट ‘संवाद यात्रा’ सुरु

झापा- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले शनिबारदेखि झापाबाट ‘संवाद यात्रा’ सुरु गरेका छन्।

महामन्त्री थापाले आज बिहान ८ बजे झापाको मेची भन्सारबाट यात्रा आरम्भ गरेका हुन्।

समुदायमा कांग्रेस अभियानअन्तर्गत यात्रा शुभारम्भ कार्यक्रममा कांग्रेसका अर्का महामन्त्री विश्वप्रकाश शर्मा र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य प्रदिप पौडेल सहभागी भएको कांग्रेस झापाले जनाएको छ।

पार्टीका कार्यकर्ताहरू र जनताका गुनासा र सुझाव लिन महामन्त्री थापाले संवाद यात्रा गर्न लागेका हुन्।

Leave a comment

Your email address will not be published. Required fields are marked *