२०८१ कार्तिक ६, १८:२५
#ब्रेकिङ न्युज

७२ औं अन्तर्राष्ट्रिय भन्सार दिवशको अवसरमा सरोकारवाला पक्षबीच अन्तरक्रिया सम्पन्न

मेचीनगर- ७२ औं अन्तर्राष्ट्रिय भन्सार दिवशको अवसर पारेर सरोकारवाला पक्षबीच बिहीवार अन्तक्र्रिया भएको छ ।

मेची भन्सार कार्यालय र मेची उद्योग वाणिज्य संघले कार्यालयको सभा कक्षमा संयुक्तरुपमा अन्तक्र्रिया आयोजना गरेका हुन् । नेपाल प्लाइउड संघका केन्द्रीय अध्यक्ष होमप्रसाद घिमिरेको प्रमुख आतिथ्यतामा सो कार्यक्रम भएको हो ।

सो अवसरमा प्रमुख अतिथि घिमिरेले वैध वस्तुको आयातमा बढेको करका कारण उद्योगी एवं व्यवसायी मारमा परेको बताए । भन्सारले लिएको लक्ष्य हासिल गर्ने क्रममा थपिएको करले उद्योगी/व्यवसायी संकटमा परेका उनको भनाई थियो ।

त्यसक्रममा कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै मेची भन्सारका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले कर प्रणाली सुधारबारे उपयुक्त सुझावको अपेक्षगरे ।

सो अवसरमा प्रमुख भन्सार अधिकृत रेग्मीले सीमा क्षेत्रमा जाँचको प्रक्रिया परम्परागत र स्वाभाविक भएको प्रस्ट्याउँदै झन्झटिला विषय सहजीकरण गर्ने पाटो छुट्टै भएको बताए ।

नाका पूर्णरुपमा नखुल्नुलगायत विविध कारणले राजस्व संकलनमा भन्सारले लिएको प्रगति सन्तोषजनक नरहेको उनको भनाई थियो । अन्तक्र्रिया कार्यक्रममा सहभागीहरुले भन्सारसँग सम्बन्धित विविध विषयमा जिज्ञासा र सुझावसहितको धारणा राखेका थिए ।

कार्यक्रममा मेची उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष पन्नालाल जैनले निर्यात गरिएका नेपाली वस्तु तथा उत्पादनलाई भारतीय पक्षले गुणस्तर

प्रमाणपत्र नदिने गरेको समस्या राखे । व्यवसायी सूर्यप्रकाश उप्रेतीले सेवाग्राहीले सरल र सहजरुपमा शीघ्र सेवा पाउन झन्झटिला प्रक्रिया अन्त्य गर्न माग गरे ।

अर्का व्यवसायी नारायण बस्नेतले कोभिडपछि भारतीय पक्षबाट नेपालीलाई सहज आवतजावतमा समस्या उत्पन्न भएकाले सहजीकरण गर्न अनुरोध गरे । व्यवसायी गणेश खरेलले मेची भन्सारको एक्सरे मेशिनलाई पुनः सञ्चालनमा ल्याई जाँच प्रक्रिया सहज बनाउन माग गरे ।

मेची पेट्रोलियम डिलर्स एशोसिएशनका अध्यक्ष नविन कोइरालाले भारतीय आयल निगमले पठाएको पेट्रोलियम पदार्थ चारआली डिपोमा आइपुग्न ढिलाई भइरहेको बताए । चेम्बर अफ कमर्स मेचीनगरकी अध्यक्ष रुक्मिणि पोखरेलले दैनिक उपभोग्य वस्तुमा भन्सारले लिँदै आएको करको दर घटे सर्वसाधारणलाई राहत मिल्ने बताइन् ।

नेपाल भेनियर उत्पादक संघका वरिष्ठ उपाध्यक्ष श्याम न्यौपानेले उत्पादीत भेनियर स्वदेशमा ४० प्रतिशत मात्रै खपत भई ६० प्रतिशत खेर गइरहेको बताए । Janasamsad

७२ औं अन्तर्राष्ट्रिय भन्सार दिवशको अवसरमा सरोकारवाला पक्षबीच अन्तरक्रिया सम्पन्न

कोसी प्रदेशमा मतदान सम्पन्न

Leave a comment

Your email address will not be published. Required fields are marked *