२०८१ कार्तिक ६, १८:०९

दलितसँग प्रेम गरेको थाहा पाएपछि आफ्नै छोरीको हत्या

बारा, ११ माघ । दलितसँग प्रेम गरेको थाहा पाएपछि आफ्नै छोरीको हत्या गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन्। बाराको फेटा गाउँपालिका-१ का हरिन्द्र महतोलाई प्रहरीले १५ वर्षीया छोरी कोशिला कुमारीको हत्या आरोपमा पक्राउ गरेको हो।

मृतक बालिका स्थानीय गंगा साह माध्यमिक विद्यालयको कक्षा ८ मा पढ्दै थिइन्। प्रहरीका अनुसार मृतक बालिकाको स्थानीय कृष्ण बैठासँग प्रेम सम्बन्ध रहेको कारणले उनको हत्या गरिएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डीएसपी दधिराम न्यौपानेले भने, ‘घटनाको प्रारम्भिक वस्तुस्थिति हेर्दा मृतक बालिका एक युवकसँग प्रेममा रहेको र ती युवक दलित भएको कारण हत्या भएको देखिन्छ।’

मृतक बालिकाले प्रेम गरेका युवा कृष्ण बैठा दलित समुदायको रहेको र उसँग कुनै सम्बन्ध नराख्न परिवारले पटक-पटक कौशिलालाई दबाव दिँदै आएको थियो।

गाउँमा बैठासँगको सम्बन्धको बारेमा हल्ला चलेपछि छोरीलाई पर्साको विश्रामपुरमा रहेको मामाघर समेत पठाइएको थियो। तर, छोरीले बैठासँगको सम्बन्धलाई कायम राखेपछि बाध्य भएर हत्या गर्नुपरेको हरिन्द्रले स्वीकारेको प्रवक्ता दधिराम न्यौपानेले बताए।

चार महिनादेखि कोशिला बेपत्ता भएकाे खबर पाएपछि गत पुस २० गतेबाट बारा प्रहरीले गाउँ र परिवारका २० जना भन्दा बढीसँग सोधपुछ गरेको थियो। सोधपुछका क्रममा परिवारले नै किशोरीलाई बेपत्ता बनाएको खुलेको थियो।

दलितसँग प्रेम गरेको थाहा पाएपछि आफ्नै छोरीको हत्या

आजदेखि श्री स्वस्थानी व्रत प्रारम्भ

Leave a comment

Your email address will not be published. Required fields are marked *