२०८१ कार्तिक ७, १३:०३

पत्रकार राउतद्वारा मेचीनगर- ४ स्थित बाहुण्डाँगीमा गरिब तथा बिपन्न परिवारका बालबालिकाहरुलाई न्यानो कपडा बितरण

 मेचीनगर माघ ९।मेची प्रेसका संचालक तथा पत्रकार बिकाश राउतले मेचीनगर ४ बहुण्डागीमा  गरिब तथा बिपन्न परिवारका बालबालिका हरुलाई न्यानो कपडा बितरण गरेका छन्।

गत पौष २९ र माघ १ गते मेचिनगर ४ बहुणडागी बजारमा आयोजित तरुल महोत्सव मा आदर्श युवा क्लबले पुस्तकालय निर्माण को सहयोगार्थ संचालन गरेको चियापान कार्यक्रममा पत्रकार राउतले न्यानो कपडा गरिब तथा बिपन्न बालबालिकाहरुलाई बितरण गर्ने बाचा गरेका थिए । आज आदर्श युवा क्लब को समन्वयमा उक्त कपडा बितरण कार्यक्रम गरिएको हो।

पशुपति माध्यमिक बिधालयको प्राङ्गणमा सम्पन्न सो कार्यक्रममा क्लब का सचिब प्रधुम्न निरौलाले पत्रकार राउतलाई धन्यवाद दिदै खुशी व्यक्त गरेका थिए भने क्लब का अध्यक्ष मौसम भारती ले एकदमै सराहनीय कार्य भएको र आगामी दिनहरूमा पनि यस्तै सहयोगको अपेक्षा गरेको बताएका थिए ।

सोही कार्यक्रममा बोल्दै पत्रकार राउतले आज पनि हाम्रो समाजमा धेरै बालबालिका गरीबी को रेखामुनि रहेकोमा गम्भीर चिन्ता व्यक्त गर्दै आगामी दिनमा पनि सहयोग गर्ने बताएका थिए ।

 

 

Leave a comment

Your email address will not be published. Required fields are marked *