२०८१ कार्तिक ७, ०७:१७

पिकनिक स्थल भुरुंगामा झडप हुँदा दुईजना घाइते

सुरुघा -झापाको कनकाईस्थित धनुषकोटीधाम (भुरुंगा) मा दुई समूहबीच झडप हुँदा दुईजना घाइते भएका छन् ।

वनभोज खान तथा रमाइलो गर्न गएका दुई समूहबीच खुकुरी हनाहान समेत भएको प्रहरीले जनाएको छ ।

बिर्तामोडबाट आएको वनभोज समूह र अर्को समूहका युवाहरुले मादक पदार्थ सेवन गरेर विवाद सिर्जना गर्दा आज साँझ भएको झडपमा भएको प्रहरीले जनाएको छ ।

विवादमा एउटा समूहले खुकुरी निकालेर प्रहार गर्दा बिर्तामोड-५ का उमेश चौधरी र दिपक लिम्बू घाइते भएको इलाका प्रहरी कार्यालय अनारमनीका डिएसपी सुरज कार्कीले बताए ।

पिकनिक स्थल भुरुंगामा झडप हुँदा दुईजना घाइते

दुई वर्ष अघि निर्माण भएको सहिद नेत्र

Leave a comment

Your email address will not be published. Required fields are marked *