२०८१ कार्तिक ६, १७:२५

महोत्सवको नाममा खुलेआम जुवाजन्य खेलाउन खेल अनुमति दिँदै झापा प्रशासन

झापा । झापाका विभिन्न स्थानमा आयोजना हुने बेमौसमी मेला महोत्सवमा गैरकानुनी जुवाजन्य खेल खेलाएर सर्वसाधारणलाई लुट्ने गरेको पाइएको छ ।

जिल्लाका विभिन्न स्थानमा अनेक नाम दिई विभिन्न समयमा खेलाइने यस्ता मेला महोत्सवमा “लङ्गुर बुर्जा” र ‘लक्कीसेभेन’ नामको कानुनले वर्जित गरेका खेल खुलेआम खेलाइने गरेको पाइएको हो ।

जिल्लाभरका मेलामा कानुनी रूपमा बन्देज लगाइएको खेल खेलाउन प्रहरी, प्रशासनसँग सेटिङ गर्ने जिम्मा बिर्तामोडस्थित एउटै गिरोहले लिने गरेको छ ।

अवैध खेल खेलाएर सर्वसाधारणबाट रकम असुली गर्न गिरोहले वर्षभरि नै झापाका विभिन्न स्थानमा विभिन्न सङ्घसंस्थाका नाममा मेलाको आयोजना गर्ने गरेको छ ।

विशेष गरी ६ वटा नम्बर भएको “लङ्गुर बुर्जा” नाम गरेको जुवाजन्य खेलबाट गिरोहले सर्वसाधारणको राम्रै रकम चप्काइदिने गरेको हो ।

अहिले बिर्तामोडमा चलिरहेको  ‘बिर्तामोड महोत्सव २०८०’ नामको मेलामा समेत कानुनी रुपमा प्रतिबन्धित जुवाजन्य खेलहरू खुलेआम खेलाइरहेको पाइएको छ । सुरुमा अधिकतम एक सय रुपैयाँसम्म राख्न पाइने उक्त खेलमा रात छिप्पिएसँगै न्यूनतम ५ सय रुपैयाँ प्रतिव्यक्ति राख्न लगाइने गरिएको छ । त्यसबापत खेल खेलाउने टोलीले एकै रातमा ५ देखि ८ लाख रुपैयाँ सम्म असुल्ने गरेको छ । मेलामा उठेको रकम प्रहरी, प्रशासनसम्म पुग्ने गरेको छ ।

पैसा भनेपछि महादेवको पनि तिन नेत्र भनेझैँ खबरदार गर्नु पर्नेहरू समेत प्रभावमा परेर ‘तैँ चुप मै चुप’ छन् । कनकाई नगरपालिकास्थित माई मेलामा पनि प्रहरीको संरक्षणमा खुलेआम जुवाजन्य खेल खेलाइएको छ ।

यसअघि असोज यता मात्रै झापाका विभिन्न स्थानमा  संस्थाका नाममा ५ वटा मेला आयोजना गरिसकिएको छ ।

व्यापार र विभिन्न संस्थाको सहयोगका लागि भनेर मेला आयोजना गरिने भए पनि त्यसको खास उद्देश्य अवैध खेल खेलाएर सर्वसाधारणको रकम झ्वाम्म पार्नु रहेको जानकारहरू बताउँछन् । उता, मेला लगाउने स्वीकृति दिएर जिल्ला प्रशासन कार्यालय झापा भने कानमा तेल हालेर बस्ने गरेको छ । मेलाको अनुगमन गर्ने जिम्मा पाएको प्रहरी पनि मुकदर्शक बनेर आयोजकलाई सघाइरहेको छ ।

महोत्सवको नाममा खुलेआम जुवाजन्य खेलाउन खेल अनुमति दिँदै झापा प्रशासन

सर्यो कोरिया जाने ‘ईपीएस’ भाषा परीक्षा

Leave a comment

Your email address will not be published. Required fields are marked *