२०८१ कार्तिक ६, १८:२४

सर्यो कोरिया जाने ‘ईपीएस’ भाषा परीक्षा

काठमाडौं, २ माघ । वैदेशिक रोजगारीका लागि कोरिया जानका लागि हालसम्मकै उच्च आवेदन परेको छ ।

धेरै आवेदन परेपछि विवरण भेरिफाई गर्न समय लाग्ने भएकाले रोजगार अनुमति प्रणाली ‘ईपीएस’ कोरियाको भाषा परीक्षा सारिएको छ ।

कोरिया जानका लागि गत डिसेम्बरमा ‘मेन्युफ्याक्चरीङ’ तर्फ खुलेको आवेदनमा १ लाख ६४ हजार जनाले फर्म भरेका छन् ।

उनीहरुको विवरण भेरिफाइका लागि समय लाग्ने भएकाले आगामी जनवरी २० मा हुने भनिएको भाषा परीक्षा सारिएको बताइएको छ ।

फेब्रुअरी ६ मा सूचना जारी गरी भाषा परीक्षाको अर्को मिति तोकिने बताइएको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *