२०८१ कार्तिक ६, १८:२६

बलात्कार गर्ने पाँच जना पक्राउ, चार जना फरार

सिमकोट – मुगु जिल्लाको सदरमुकाम गमगढीमा १४ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा एक जना नगर प्रहरीसहित पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

पीडित बालिकाले आफूलाई सामूहिक बलात्कार गर्ने नौ जनाविरुद्ध उजुरी दिएपछि प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको हो।

मुगुको छायाँनाथ रारा नगरपालिका–१४ स्थायी घर भई हाल गमगढीमा डेरा बस्दै आएकी १४ वर्षीया बालिकामाथि सामूहिक बलात्कार गर्ने नौ जनामध्ये एक जना नगर प्रहरीसहित पाँच जनालाई नियन्त्रणमा लिएको प्रहरी निरीक्षक भूपेन्द्र बुढाथोकीले जानकारी दिए।

उनले गर्भवती बालिका गर्भ फाल्ने हिसावले हस्पतालमा गएको र अस्पतालका चिकित्कसले सानै उमेरकी बालिकाको पेटमा गर्भ रहेको भिडियो एक्सरेबाट थाहा पाएपछि उनी गर्भ फाल्न हच्किएको र अस्पतालमै रहेको प्रहरीलाई जानकारी गरेपछि घटना बाहिरिएको थियो।

Leave a comment

Your email address will not be published. Required fields are marked *