२०८१ कार्तिक ६, १८:१९

एक महिनामा २६ जना फरार प्रतिवादी पक्राउ

झापा प्रहरीले एक महिनामा २६ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

पुस महिनामा त्यति फरार प्रतिवादी पक्राउ परेका हुन् ।

अदालतहरूबाट विभिन्न मितिमा फैसला भई फरार रहेका प्रतिवादीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले मातहत प्रहरी कार्यालयहरूसँग समन्वय गरी फरार प्रतिवादीहरूलाई पक्राउ गरिएको डिएसपी खगेन्द्रप्रसाद रिजालले बताए ।

उनले ती प्रतिवादीबाट १८ वर्ष ४ महिना २३ दिन कैद तथा ५० लाख ४२ हजार ६७७ रुपैयाँ जरिवाना असुलउपर भएको जानकारी दिए ।

एक महिनामा २६ जना फरार प्रतिवादी पक्राउ

कुन्यूबाट लडेर एकजनाको मृत्यु

Leave a comment

Your email address will not be published. Required fields are marked *