२०८१ कार्तिक ६, १८:१८

‘ब्ल्याकमेल’ गर्ने एक जना भारतीय नागरिक पक्राउ

विराटनगर । एक दर्जन बढी नेपाली युवतीमाथि यौन शोषण गरेको आरोपमा प्रहरीले एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

भारतको जोगवनीका २६ वर्षीय रवि कुमारलाई मोरङ प्रहरीले शुक्रबार पक्राउ गरेको हो ।

रवि कुमारले नेपाली १५ जना नेपाली किशोरीहरूलाई ‘ब्ल्याकमेल’ गर्दै यौन शोषण गरेको उजुरी जिल्ला प्रहरी परिसर काठमाडौँमा परेको छ । जिल्ला अदालत काठमाडौँबाट जबरजस्ती करणाी मुद्दामा उनीविरुद्ध पक्राउ पुर्जी जारी भएपछि रवि कुमारलाई प्रहरीले पक्राउ गरेको हो ।

‘भारतीय बजार जोगवनीमा बसेर सामाजिक सञ्जालमार्फत् अनलाइनमा सम्पर्क बढाएर नेपाली युवतीलाई ट्रयापमा पार्दै बारम्बार यौन शोषण गरेको आरोपमा रवि कुमारलाई पक्राउ गरिएको हो’ प्रहरी स्रोतले भन्यो, ‘युवतीसँग सम्पर्क बनाएर होटलमा बोलाउने र यौन शोषण गर्ने गरेको खुलेको छ ।’ रवि कुमारले यौन सम्बन्ध बनाएको भिडियोसमेत खिचेर युवतीलाई ट्रयापमा पार्दै ‘ब्ल्याकमेल’ गर्ने गरेको प्रहरी अधिकारी बताउँछन् । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट उनले हालसम्म १५ जनाभन्दा बढी नेपाली युवतीलाई ट्रयापमा पारिसकेको खुलेको छ ।

प्रहरीका अनुसार उनले त्यसरी नै ‘ब्ल्याकमेल’ गर्दै ट्रयापमा पारेर एक युवतीलाई शुक्रबार विराटनगर बोलाएका थिए । तिनै युवतीलाई भेट्न आएका बेला रवि कुमार पक्राउ परेका हुन् ।

विराटनगरबाट पक्राउ परेका उनलाई थप कारबाहीको लागि काठमाडौँ शुक्रबार साँझमा पठाएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए ।

‘ब्ल्याकमेल’ गर्ने एक जना भारतीय नागरिक पक्राउ

कुन्यूबाट लडेर एकजनाको मृत्यु

Leave a comment

Your email address will not be published. Required fields are marked *