२०८१ कार्तिक ६, १६:२८

बिन्ती साकोसको १५ औँ साधारण सभा सम्पन्न

झापा, २८ पुस । श्री बिन्ती बचत तथा ऋण सहकारी संस्थाको १५ औँ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । मेचीनगर–८ स्थित संस्थाको कार्यालय प्राङ्गणमा सम्पन्न भएको साधारणसभामा विभिन्न व्यक्तित्वलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा उत्कृष्ट बचतकर्तातर्फ लक्ष्मण उराँव र अम्बिका रम्तेल, असल ऋणीतर्फ दिपा राजवंशी र बाबुराम तामाङ तथा उत्कृष्ट कर्मचारीको रुपमा संगीता ढकाल र डम्बरकुमारी शर्मालाई नगद ३ हजारसहित सम्मानपत्रद्वारा सम्मान गरिएको थियो । त्यसैगरी, जेष्ठ नागरिक बचतकर्तातर्फ रुकमणि चापागाईलाई सम्मान गरिएको थियो ।

संस्थाका अध्यक्ष दशरथ खडियाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघ झापाका उपाध्यक्ष विपी भट्टराईको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा नकलबन्दा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष होमराज गुरुङ, समाजसेवी देवनारायण सिटौलालगायतले शुभकामना मन्तव्य राखेका थिए ।

संस्थाको वार्षिक प्रतिवेदन अध्यक्ष खडियाले प्रस्तुत गरेका थिए । संस्थाका उपाध्यक्ष प्रेमबहादुर देवकोटाले स्वागत गरेको कार्यक्रमको सञ्चालन संस्थाका श्रृजनाचोक सेवा केन्द्र प्रमुख किशोरकुमार सार्कीले गरेका थिए ।

संस्थाले किसानहरुका लागि सहुलियत दरमा अनुदानको रासायनिक मल, बिऊ बिजन बिक्री वितरण गर्दै आइरहेको संस्थाका अध्यक्ष दशरथ खडियाले जानकारी दिए । संस्थाले सदस्यहरुको लागि मोबाइल बैंकिङ सेवा समेत शुरु गरेको संस्थाका व्यवस्थापक आरती उराँवले जानकारी दिइन् ।

बिन्ती साकोसको १५ औँ साधारण सभा सम्पन्न

दुईवटा मोटरसाइकल र एउटा स्कुटर एक आपसमा

Leave a comment

Your email address will not be published. Required fields are marked *