झापा, मोरङ र सुनसरीमा आज भक्का दिवस मनाईंदै
झापा, पुस २८ – झापा, मोरङ र सुनसरीमा आज भक्का दिवस मनाईंदै छ ।
भक्का ती जिल्लामा रहेका आदिवासी, जनजाति र राजवंशी समुदायको परम्परागत परिकार हो ।
पूर्वी नेपालमा सर्वाधिक रुचाइने परिकारमध्ये भक्का पनि एक हो ।
विशेषतः हिउँद अर्थात् जाडो महिनामा स्थानीयले भक्काको प्रयोग धेरै गर्छन् ।
चामलको पिठोलाई पानीको बाफमा पकाएर तयार गरिने भक्कालाइ विहानको खाजाको रुपमा खाने गरिन्छ ।