२०८१ कार्तिक ६, १६:२०

कोलेस्ट्रोल घटाउन चाहनु हुन्छ ? बिहान उठ्ने बित्तिकै गर्नुस् यी काम

एजेन्सी ।  स्वस्थ बानी अनि पोसिलो खानपान अपनाउने हो भने हामीले कयौँ रोगबाट राहत पाउन सक्छौँ । खानपिनको रुटिन राम्रो बनाउने हो भने लामो समयसम्म स्वस्थ रहन सकिन्छ । कोलेस्ट्रोलका बिरामीको लागि हरेक दिन बिहान फलफूल खान बेहद लाभकारी मानिन्छ । यसबारे अनुसन्धानहरूले छक्कै पार्ने कुराहरू देखाएका छन् ।

स्याउ स्वास्थ्यका लागि सबैभन्दा फाइदाजनक फलमध्येमा पर्दछ । यसमा शरीरलाई रोगबाट बचाएर स्वस्थ राख्न मद्दत गर्ने कयौँ पोषक तत्त्व पाइन्छ ।

हरेक दिन बिहान २ ओटा स्याउ खाने गर्नुभयो भने तपाईले कयौँ समस्याहरूबाट राहत पाउनु हुनेछ । यो  अनुसन्धानहरूले देखाएको विषय हो । उच्च कोलेस्ट्रोल र कब्जियतका बिरामीका लागि त झन् यो रामवाण नै साबित हुन सक्छ ।

सन् २०१९ मा एउटा अनुसन्धानको प्रतिवेदन आएको थियो । उक्त अनुसन्धानअनुसार दिनहुँ २ ओटा स्याउ खाँदा शरीरमा जमेर बसेको ब्याड कोलेस्ट्रोलका लेबल निकै हदसम्म कम गर्न सकिन्छ ।

स्याउले कोलेस्ट्रोल सम्बन्धी समस्याबाट राहत दिलाएर मुटुको स्वास्थ्यलाई बूष्ट गर्छ ।

स्याउको नियमित सेवनले मुटुको रोगको खतरा पनि कम हुन सक्छ । स्याउमा भरपुर मात्रामा फाइबर र पलीफेनल्स पाइन्छ । यसले रक्तनलीहरुलाई आराम पुर्याउनमद्दत गर्छ अनि यसमा जमेको कोलेस्ट्रोल निकाल्न पनि सहयोग गर्छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *