२०८१ कार्तिक ६, १४:१८
#ब्रेकिङ न्युज #साहित्य

गजल -“फूलसंग दाँज्न मिल्ने धुनसंग दाँज्न मिल्ने”

फूलसंग दाँज्न मिल्ने धुनसंग दाँज्न मिल्ने

श्रृङ्गार होस् न यस्तो जूनसंग दाँज्न मिल्ने।

 

तिर्खाएरै किनारा प्यारो छ ऊ नदीको

माया न होस् कहिल्यै सुनसंग दाँज्न मिल्ने।

 

अर्कैको भरमा माटो अर्कैको भरमा ढुङ्गो

नाता सबै हुदैनन् खुनसंग दाँज्न मिल्ने।

 

हुन्छन् हजार खुसी भएर बाँड्न मिल्ने

दु:ख हुदैन एउटै उनसंग दाँज्न मिल्ने।

लेखक-” विवश” बलिभद्र काेइराला,चुलाचुली ईलाम

गजल -“फूलसंग दाँज्न मिल्ने धुनसंग दाँज्न मिल्ने”

सन्दिप लामिछानेलाई ८ वर्ष कैद सजाय हुने

Leave a comment

Your email address will not be published. Required fields are marked *