२०८१ कार्तिक ६, १८:२५

बमजनको घरबाट ३ करोड ३४ लाख बढी नेपाली रुपैयाँ बरामद,आज सार्वजनिक गर्ने

अनुयायी बेपत्ता पारेको आरोप लागेका रामबहादुर बमजनलाई प्रहरीले जिल्ला प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले आज सार्वजनिक गर्ने भएको छ । त्यसपछि उनलाई आजै सर्लाही पठाउने प्रहरीको तयारी छ ।

जिल्ला अदालत, सर्लाहीबाट उनीविरुद्ध पक्राउ पूर्जी जारी भएकाले पहिले त्यहाँ हाजिर गराउने सिआइको तयारी छ ।

उनलाई प्रहरीले हिजो बुढानिलकण्ठबाट पक्राउ गरेको थियो ।

बमजनविरुद्ध सर्लाहीकी २९ वर्षीया रिता बोटलाई बेपत्ता पारेको आरोपमा उनकी आमाले २०७५ सालमा किटानी जोहरी दिएकी थिइन्।

बम्जनमाथि बाराका सुरेशकुमार आले मगर, नुवाकोटकी कर्मा तामाङ, मकवानपुरकी फुलमाया रुम्बा, सुरेश आले मगर र सञ्चमान बाइला बेपत्ता पारेको अभियोग पनि छ । सर्लाहीस्थित आश्रममा बलात्कार भएको भन्दै बम्जनमाथि उजुरी परेको थियो ।

हिजो पक्राउ परेका बम्जनको घरमा विभिन्न १६ मुलुकका मुद्रा भेटिएको सिआईबीले जनाएको छ । उनको घरबाट ३ करोड ३४ लाख बढी नेपाली रुपैयाँ बरामद भएको सिआइबीले जनाएको छ ।

बमजनको घरबाट २० वटा मोबाइल, दुई वटा ल्यापटप र १५ वटा पेनड्राइभ पनि बरामद गरेको सिआइबीले जनाएको छ ।

खोटाङ जिल्लाबाट यस वर्ष रु ३६ करोड

बमजनको घरबाट ३ करोड ३४ लाख बढी नेपाली रुपैयाँ बरामद,आज सार्वजनिक गर्ने

सन्दिप लामिछानेलाई ८ वर्ष कैद सजाय हुने

Leave a comment

Your email address will not be published. Required fields are marked *