२०८१ कार्तिक ६, १९:०९

प्रहरीको खोजी सूचीमा रहेका तपस्वी रामबहादुर बम्जन पक्राउ

काठमाडौं, २४ पुस । तपश्वीको भेषमा अनुयायीको हत्या गरेको, बेपत्ता बनाएको र बलात्कार गरेको आरोप लागेका रामबहादुर बम्जन पक्राउ परेका छन् ।

उनलाई केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको टोलीले काठमाडौंबाट पक्राउ गरेको प्रवक्ता नवराज अधिकारीले बताए ।

बम्जनमाथि सर्लाही, नुवोकाट, मकवानपुरका केही मानिसलाई वेपत्ता पारेको आरोप छ । सर्लाहीको आश्रममा बलात्कार गरेको उजुरी छ ।

सीआईबीले लामो समयदेखि बम्जनको खोजी गरिरहेको थियो ।

पुस २०७६ मा सिन्धुपाल्चोकको इन्द्रवती–६ बाँडेगाउँ तथा असार २०७७ मा कमलामाई नगरपालिका ९ पैरेको आश्रममा छापा समेत हानेको थियो ।

Leave a comment

Your email address will not be published. Required fields are marked *