२०८१ कार्तिक ६, १८:२३

बोराभित्र फेला परेका दुबै शवको पहिचान

चितवन –गत मंसिर ६ गते भरतपुर महानगरपालिका १२ स्थित मिलनचोकको कल्भर्ट मुनि बोरा भित्र बाँधिएको अवस्थामा फेला परेका दुई मृतकको पहिचान खुलेको छ ।

घटनाको ४६ दिन पछि मृतक र हत्यामा संलग्न दुवै पक्षको पहिचान भएको स्रोतले जानकारी दिएको छ । घर भारत भई भरतपुरमा व्यापार गरि बस्ने उनीहरु नाताले प्रेमी/प्रेमीका रहेको स्रोतले बताएको छ । घटनाका पीडक भने भारतमै रहेको खुलेको छ ।

विवाहेत्तर सम्वन्ध थाहा पाएपछि महिलाका श्रीमानले भरतपुर बसपार्क नजिकै दुवै जनाको हत्या गराएको प्रहरीको भनाइ छ।

भरतपुर महानगरपालिका १२ स्थित मिलनचोकको कल्भर्ट मुनि बोरा भित्र बाँधिएको अवस्थामा एक पुरुष र महिलाको शव फेला परेको थियो । सिआइवी, प्रदेश प्रहरी र चितवन प्रहरीको संयुक्त प्रयासमा अनुसन्धान भएको थियो ।

२ पटक सम्म मृतकको शव स्केच सार्वजनिक गरिएको थियो ।

Leave a comment

Your email address will not be published. Required fields are marked *