२०८१ कार्तिक ६, २३:५१

नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य स्थिर

काठमाडौं, पुस २२ –नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

शुक्रबार प्रतितोला एक लाख १९ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज पनि सोहि मूल्यमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुन तोलामा १ लाख १८ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदी तोलामा ३० रुपैयाँले घटेर १ हजार ४ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 

Leave a comment

Your email address will not be published. Required fields are marked *