२०८१ कार्तिक ६, २०:५३

सवारी दुर्घटनामा एकको मृत्यु, दुई जना गम्भीर घाइते

बिर्तामोड :  झापाको बिर्तामोड २ स्थित चार पाने चोकमा शनिवार  साँझ भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ  भने दुई जना गम्भीर घाइते भएका छन्।

शनिवार साँझ ६ बजे इलामबाट पिकनिक गएर फर्कँदै गरेको धरान– विराटनगर चल्ने नागरिक यातायातको प्र –०१–००२ख–०१४९ नं को बससँग मे ५ प ७२४८ नम्बरको मोटरसाइकल जुधेको थियो। पश्चिमतर्फ जाँदै गरेको सो बसलाई तीन जना सवार मोटरसाइकलले ओभरटेक गर्न खोज्दा बसको अगाडि भागमा ठोक्किएको थियो।

दुर्घटनामा परी कनकाई  नगरपालिका ८ का ४४ वर्षीय तोयनाथ उप्रेतीको मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका उप्रेतीलाई उपचारका लागि बिर्ता सिटी अस्पताल लगिएको थियो। उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए।

उप्रेतीले चलाएको मोटरसाइकलमा ३ जना सवार रहेका थिए। दुर्घटनामा परी कनकाई ५ का ५९ वर्षीय रबिरत्न सिटौला र बाह्रदशी ७ का सागर माझी घाइते भएका छन्।

माझीको बिर्ता सिटी र सिटौलाको बीएण्डसी हस्पिटलमा उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक नवराज न्यौपानेले बताएका छन्।।

Leave a comment

Your email address will not be published. Required fields are marked *