२०८१ कार्तिक ६, १६:३२

‘भ्वाइस’को पाँचौ सिजनले पायो ४ फाइनलिस्ट

झापा । ‘भ्वाइस अफ नेपाल’को पाँचौ सिजनले चार फाइनलिस्ट प्राप्त गरेको छ । शनिबारको लाइभ लाउण्ड एपिसोडबाट मकर योञ्जन अन्तिम चारमा प्रवेश गरे । अन्तिम सेमिफाइनल राउण्डबाट कोच राजेशपायल राई समूहका मोनिका राई बाहिरिएकी छिन्।

शुक्रबारको लाइभ राउण्ड एपिसोडबाट तेन्जिङ डोल्मा गुरुङ बाहिरिइन् भने नोगेन लिम्बु अन्तिम चारमा प्रवेश गरे ।

कोच मिलन नेवारको समूहबाट विनोद राई, कोच प्रमोद खरेलको समूहबाट नोगेन लिम्बु र कोच उदय सोताङको समूहबाट कुमार प्रयास राई फिनालेमा प्रवेश गरिसकेका छन् ।

फिनाले आउँदो शुक्रबार गोदावरीमा
ग्रान्ड फिनाले आगामी पुस २७ गते शुक्रबार ललितपुरको गोदावरीस्थित सनराइज हलमा हुने भएको छ ।

फिनाले समारोहमा कोच, भ्वाइस किड्सका कोच, लोकस्टारका जज र फाइनलिस्टले प्रस्तुति दिने भएका छन् । तीन हजार सिट क्षमता भएको हलमा दर्शकले खल्ती एपबाट टिकट किनेर कार्यक्रम हेर्न सक्नेछन् ।

टिकट किन्न खल्तीको इभेन्ट सेक्सनमा गई खरिद गर्न सकिनेछ । भ्वाइस अफ नेपाल हिमालय टिभी एचडीमा प्रत्येक शुक्रबार र शनिबार राति ८ बजे प्रसारण हुँदै आएको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *