२०८१ कार्तिक ६, १६:२८

मृतक जयशंकर साहका परिवारलाई ई १० लाख रुपैयाँ राहत दिने

काठमाडौं । सर्लाहीको बरहथवामा जयशंकर साहको ज्यान गएको विषयमा छानबिन गर्न सरकारले छानबिन समिति गठन गर्दै मृतक जयशंकर साहका परिवारलाई ई १० लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ।

नगर अस्पतालको स्वामित्व विवादमा हिजो भएको प्रदर्शनका क्रममा भएको झडपमा परी साहको ज्यान गएको थियो।

हिजो भएको झडपमा साहको ज्यान गएको सम्बन्धमा सत्यतथ्य छानबिन गरेर सात दिनभित्र प्रतिवेदन पेस गर्न गृह मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा छानबिन समिति गठन गरिएको हो।

समितिमा नेपाल प्रहरीका पूर्व प्रहरी नायब महानिरीक्षक सुरेन्द्र मैनाली र राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक भीमबहादुर बुढाथोकी रहेको मन्त्रालयले जनाएको छ।

 

1 Comment

  1. tadalafil tablets
    08th Feb 2024 Reply

    tadalafil tablets

    tadalafil tablets

Leave a comment

Your email address will not be published. Required fields are marked *