२०८१ कार्तिक ६, १६:३४

किराँतीलाई रिहा गर्नुपर्ने माग राख्दै दुई दिन मेची राजमार्ग बन्दको घोषणा

झापा-कार्यकर्ता रिहाइको माग गर्दै दुई दिन मेची राजमार्ग बन्दको घोषणा गरिएको छ ।

प्रदेश नं. १ पुन नामाङ्कन संयुक्त सङ्घर्ष समितिले आज बुधबार र भोली बिहीबार राजमार्ग बन्दको घोषणा गरेको हो ।

सङ्घर्ष समितिले एक विज्ञप्ति जारी गर्दै पहिचानवादी नेता बुलेट किराँती (आन्जेश राई) को तत्काल रिहाइ माग गर्दै बन्दको घोषणा गरिएको जानकारी गराएको छ ।

घुर्मी चिवाभञ्याङ बन्दको क्रममा पक्राउ परेका करिब ७० जना नेता कार्यकर्ता रिहाइको माग राख्दै गत मङ्सिर ३० र पुस १ गते सङ्घर्ष समितिले आह्वान गरेको प्रदेश यातायात बन्दको क्रममा इलाममा पराल बोकेको गाडीमा अज्ञात समूहले गरेको आगजनीमा किराँतीलाई पक्राउ गरी झुटो मुद्दा लगाइएको सङ्घर्ष समितिको आरोप रहेको छ ।

नेता किराँती निर्दोष छ भनी तत्काल रिहाइको लागि पटक पटक प्रशासन पुग्दा पनि रिहाइको सट्टा झुटो मुद्दा दर्ता गरी षड्यन्त्र गरेकोले उनको रिहाइको लागि पुन मेची राजमार्ग बन्द गर्न बाध्य भएको सार्वजनिक विज्ञप्तिमा उल्लेख गरिएको छ ।

किराँतीलाई रिहा गर्नुपर्ने माग राख्दै दुई दिन मेची राजमार्ग बन्दको घोषणा

कविता “बा”लाई लागेको थ्यो

भारत र चीनमा कोरोनाको नयाँ भेरियन्ट देखा,

Leave a comment

Your email address will not be published. Required fields are marked *