२०८१ कार्तिक ६, १६:२६
#ब्रेकिङ न्युज

जापान एयरलाइन्सको विमानमा आगलागी, पाँच जनाको मुत्यु

जापान एयरलाइन्सको विमानमा मंगलबार साँझ टोकियोको हानेडा विमानस्थलको धावनमार्गमा अवतरण गर्ने क्रममा आगलागी भएको छ।

स्थानीय सञ्चारमाध्यमबाट सार्वजनिक भएका भिडियोमा विमानको झ्यालबाट र त्यसको मुनि आगो निस्किरहेको देखिएको छ।

विमान अवतरण गरेपछि जापान कोस्ट गार्डको विमानसँग ठोक्किएको थियो। सार्वजनिक प्रशारणकर्ता एनएचकेले जापान एयरलाइन्सलाई उद्धृत गर्दै उक्त जानकारी दिएको छ। फिक्स्ड-विंग कोस्ट गार्ड विमानको चालक दलका एक सदस्य सो विमानबाट बाहिर निस्किन सफल भएपनि अन्य पाँच जना भने सम्पर्कविहिन रहेको बताइएको छ ।

दमकलले आगो निभाउने काम गरिरहेको बताइएको छ।

विमानमा रहेका धेरै जसो यात्रु हरुलाई र चालक दलका सदस्यलाई बाहिर निकालिएको एयरलाइन्सलाई उद्धृत गर्दै एनएचकेले जनाएको छ।

४ जना युवा खुकुरीसहित पक्राउ

जापान एयरलाइन्सको विमानमा आगलागी, पाँच जनाको मुत्यु

कविता “बा”लाई लागेको थ्यो

Leave a comment

Your email address will not be published. Required fields are marked *