२०८१ कार्तिक ७, ०७:११

कांग्रेसका महामन्त्री शर्माको गाउँमा बिप्लब पार्टीले गाड्यो झण्डा

मेचीनगर- आफ्नो धितो बैंकमा राखेर अर्कै ब्यक्तीले ऋण लिन्छ, ऋण नतिर्दा बैंकको लिलामीपछि अर्कैले जमिन सकारेको घटना सुन्दा कसको मन स्थिर रहला ? त्यस्तै घटना कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माकाे गाउँ झापा मेचीनगर-९ की देबी शर्मा भण्डारीले भोग्नु परेको छ । आफू बिरामी हुँदा दृष्टिबन्धक राखेर स्थानीय सन्तोष खड्कासँग ५ लाख रकम लिएकी थिइन् ।

२ बर्षपछी पर्काउने सर्तमा २०७१ साल बैशाख ४ गते खड्कासँग ऋण लिएकी थिइन् ।भाका नाघ्नै लाग्दा मैले धितो फुकुवा गर्न पटकपटक आग्रह गरेकी थिएँ, `खड्काले साथीको नाउँमा धितो पास गरेको छ बिस्तारै फुकुवा गरिदिन्छ भन्यो । फिर्ता गर्छ-गर्ला भनेर पर्खें,अहिले अन्योलमा परें, पीडित भएको छु ।´ भण्डारीले रकम लिँदा दृष्टिबन्धक कागज गर्नुपर्नेमा काठमाडौँ-१४ का सुजन श्रेष्ठले राजीनामा पासको पेपर बनाएर कृर्ते पास लिएको भण्डारीको आरोप छ । श्रेष्ठले जमिन आफ्नो नाउँमा आउने बित्तिकै बैंकमा राखेर ऋण लिएको रहस्य खुलेको छ ।

श्रेष्ठ भने हाल बेपता भए पछि हाल उक्त जमिन शंकर बस्नेतको नाउँमा आएकोले उक्त जमिन फिर्ता दिलाइदिन आग्रह गरेको हुँ, `म बिर्तामोडको मनमोहन अस्पतालको बेडमा रहेका बेला स्थानीय छिमेकी सन्तोष खड्काले बैंकमा राखेर निकालिदिने वचन दिएपछि मैले सोहीबेला सहिछाप गरेकी थिएँ ।

श्रीमान पुर्णप्रसाद भण्डारीको नामको कित्ता न.१३३३ को १ बिगाह ५ कठ्ठा जमिन उनकै नाउँमा ल्याएर ग्लोबल आइएमइ बैंकमा श्रेष्ठले राखेर अन्याय गरेको आइतबार पत्रकारसँग जानकारी दिइन् । श्रेष्ठले लिएको ऋणको साहुँ-ब्याज नतिरेपछि बैंकले मिलेमतोमा लिलामको प्रक्रियाका लागि सूचना निकालेर बैंकको ऋण र उक्त जमिनसमेत सकारिसकेको खबरले थप पीडित बनाएको भण्डारीको भनाई छ । बैंकले लिलामको सूचना निकालेपछि बैंककै मिलेमतोमा मेचीनगर-१० का शंकर बस्नेतले मेरो जमिन सकारि सकेकाले आफू पीडित भएको र न्याय दिलाइदिन न्यायप्रेमी एबम् सरोकारवलाहरुलाई आग्रह गरेकी हुँ उनले भनिन् ।´

यसैबीच नेकपा कम्युनिस्ट (बिप्लब) पार्टीले महिला भण्डारीको न्यायोचित माग पूरा नभए सम्मका लागि उक्त जमिनको कारोबार नगर्न भन्दै झण्डासहित ब्यानर राखेको छ । पार्टीका जिल्ला अध्यक्ष प्रशान्त ( सि )ले देबी भण्डारीको मागलाई सम्बोधन गर्दै जमिन फिर्ता दिनसमेत सम्बन्धित ब्यक्तीलाई आग्रह समेत गरेका थिए । उक्त कार्यक्रममा मेची व्युराेका इन्चार्ज सुमन सी, जिल्लाका सचिव हुकुम सी, साैगात सी, स्थानीय जनताहरु र पत्रकारहरुकाे सहभागीता रहेकाे थियो ।

 

पक्राउ परेका सबै ७३ जना रिहा

कांग्रेसका महामन्त्री शर्माको गाउँमा बिप्लब पार्टीले गाड्यो झण्डा

हिउँद लागेसँगै हरियो चियाको उत्पादन बन्द

Leave a comment

Your email address will not be published. Required fields are marked *