२०८१ कार्तिक ६, १८:०७

बालकुमारी घटनामा मृत्यु भएकाकाे परिवारलाई १०/१० लाख रुपैयाँ दिने

काठमाडौं- सरकारले बालकुमारी घटनामा मृत्यु भएकाकाे परिवारलाई १०/१० लाख रुपैयाँ दिने भएकाे छ।

शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री नारायणकाजी श्रेष्ठसहित बसेको सुरक्षा अधिकारीको बैठकले यस्ताे निर्णय गरेकाे हाे।

सरकारले मृतकको शव उनीहरूको घरसम्म पुर्‍याइदिने निर्णय पनि गरेको छ।

साथै बैठकले इपिएस कोरिया शाखाका हाकिम, भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाका पिएसओ र फिल्डमा खटिएका प्रहरी नायब उपरीक्षकलाई निलम्बन गर्ने निर्णय पनि गरेको छ।

शुक्रबार ललितपुरको बालकुमारीमा इपिएस परीक्षा दिन पाउनुपर्ने मागसहित केही विद्यार्थीहरूले आन्दोलन गरेका थिए। आन्दोलनका क्रममा २३ वर्षीय सुजन रावत र २२ वर्षीय वीरेन्द्र शाहले ज्यान गुमाएका थिए।

 

Leave a comment

Your email address will not be published. Required fields are marked *