२०८१ कार्तिक ७, ०५:१५

प्लाई उद्योगमा आगलागी हुँदा करिब तीन लाख बराबरको क्षति

 बिर्तामोड-  बिर्तामोड ३ सूर्यनगर टोलमा रहेको रिद्धिसिद्धी भेनियर प्लाई उद्योगमा आज बिहान आगलागी भएको छ ।

अनुप अग्रवालले संचालन गरेको सो प्लाई फ्याक्ट्री नजिकै साईडमा प्लाई बनाउन प्रयोग हुने कच्चा पदार्थ-भेनियर राखेको ठाउँमा बिहान ४ बजे अचानक आगलागी भएको हो ।

आगलागीबाट करिब तीन लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोली, बिर्तामोड नगरपालिकाको दमकल, बिर्तामोड नगरपालिकाको ट्यांकर, मेचीनगर नगरपालिकाको दमकल र स्थानीयबासीको सहयोगमा अहिले बिहान सवा पाँच बजे आगो पूर्ण रुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्लाई उद्योगमा आगलागी हुँदा करिब तीन लाख बराबरको क्षति

प्रथम जोरसिमल कप २०८०ः एनएफसी धुलाबारी र

Leave a comment

Your email address will not be published. Required fields are marked *