२०८१ कार्तिक ७, ०५:१२

झापामा जङ्गली हात्तीको आक्रमणबाट राईको घटनास्थलमै मृत्यु

झापा । झापामा जङ्गली हात्तीको आक्रमणबाट फेरि एकजनाको मृत्यु  भएको छ ।

शुक्रबार बिहान १ः४५ बजेतिर जङ्गली हात्तीको आक्रमणबाट राईको घटनास्थलमै मृत्यु भएको डीएसपी रिजालले बताए ।

घरमा हात्ती आएपछि राई छिमेकीहरूको सहयोगमा हात्ती धपाउन गएका थिए । सोही क्रममा हात्तीले राईलाई घरदेखि ५० मिटर पूर्व बाटोमा आक्रमण गरेका थिए ।

मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका– ११ स्थित सृष्टिटोल निवासी ४५ वर्षीय मेघराज राई रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।

 

झापामा जङ्गली हात्तीको आक्रमणबाट राईको घटनास्थलमै मृत्यु

प्लाई उद्योगमा आगलागी हुँदा करिब तीन लाख

Leave a comment

Your email address will not be published. Required fields are marked *