२०८१ कार्तिक ७, ०५:२१

आज चासोक तङ्नाम मेलाको अन्तिम दिन, सबैलाई उपस्थति हुन आग्रह

मेचीनगर –उधौली पर्वको अवसर पारेर मेचीनगर ५ स्थित अधेरीको माङ्हिम टोलमा चासोक तङ्नाम मेलाको  आज अन्तिम दिन हो।

उक्त मेलामा गायक तथा संगीतकार उत्तमजङ लिम्बू , गायक चोत्लुङ हाङ  लिम्बू, विर्तामोडकाे सास्कृतिक बेन्ड, नायिका उपसना लिम्बू , डान्सर दिलमाया लिम्बू , गायक कन्चन थलङ लिम्बू लगायतले बेजोड प्रस्तुती रहने जनाएको छ। यो सगै विभिन्न सामानहरुको स्टल प्रदर्शन हुने पनि आयोजक समितिले प्रस्ट पारेका छन्।

मेचीनगर नगरपालिकाको  मेयर गोपालचन्द बुढाथोकी र कोशी प्रदेश सांसद गोपाल तामाङले उत्घाटन गरेको कार्यक्रममा पहिले र दोस्रो दिन किराँत समुदायको विशेष लिम्बू ,राई ,सुनवार र याख्खाहरुको सांस्कृतिक झाकी प्रदर्शन भएको र उक्त पर्वकाे विभिन्न बुद्धिजीवीले प्रकाश थिए।

आज चासोक तङ्नाम मेलाको अन्तिम दिन, सबैलाई उपस्थति हुन आग्रह

Leave a comment

Your email address will not be published. Required fields are marked *