२०८१ कार्तिक ७, ०५:०६

मेचीनगर,मङ्सिर ११:  जोरसिमलमा जारी प्रथम जोरसिमल कप २०८० फुटबल प्रतियोगिता अन्तर्गत धुलाबारी र तुर्केनी एफसी विजयी भएका छन् ।

बुधबार भएको पहिलो खेलमा एनएफसी धुलाबारीले ज्यामिरगढी एफसीलाई ५–० को फराकिलो गोल अन्तरले हराएको छ ।

धुलाबारीका लागि आदित्य ढुङ्गेलले २ गोल, सेवन थापा मगरले २ र निरज कार्कीले १ गोल गरेका थिए ।

खेलको म्यान अफ दि म्याच धुलाबारीका आदित्य ढुङ्गेल भए । ढुङ्गेललाई समाजसेवी गंगा संग्रौलाले नगद पाँच सय र ट्रफी प्रदान गरे ।

त्यस्तै, दोस्रो खेलमा तुर्केनी एफसी काँकरभिट्टाले देवीगञ्ज एफसीलाई १–० गोल अन्तरले हरायो । तुर्केनीका तर्फबाट राज क्षेत्रीले गोल गरेका थिए ।

खेलको म्यान अफ दि म्याच भएका क्षेत्रीलाई मेचीनगर १० का वडा अध्यक्ष नारायण खनालले नगद पाँच सय र ट्रफी प्रदान गरे ।

 

आज चासोक तङ्नाम मेलाको अन्तिम दिन, सबैलाई

Leave a comment

Your email address will not be published. Required fields are marked *