२०८१ कार्तिक ७, ०५:०२

चासोक तङ्नाम मेलामा पुर्वान्चललाई हराउदै थेसिस अङ्ग्रेजी स्कुलले उचाल्यो उपाधि

मेचीनगर मङ्सिर ११: उधौली पर्वकाे अवसरमा आयाेजित चासोक तङ्नाम मेलामा थेसिस माध्यमिक अङ्ग्रेजी स्कुलले उपाधि हात पारेकाे छ।

किराँत याक्थुङ चुमलुङको केन्द्रीय सल्लाहकार जित वाहादुर लावतीकाे अथित्यमा सुरु भएको खेलमा आज दोस्रो दिन भृकुटीमा रहेका पुर्वान्चल अंग्रेजी विद्यालयलाई हराउदै वडाखालकाे थेसिस अङ्ग्रेजी स्कुलले भविवलमा सानदार जित निकालेकाे हाे।

खेलमा प्रथम र दोस्रो हुने विद्यालयलाई आयाेजक समितिले प्रमाणपत्र र पुरस्कार वितरण गरेकाे अध्यक्ष लाेक वाहादुर आङबोले जानकारी दिनुभयाे।

कार्यक्रममा सहभागी हुन होलीवेल अङ्ग्रेजी स्कुल, थेसिस माध्यमिक विद्यालय, पुर्वान्चल स्कुल र दोकानडाढा स्कुलकाे उपस्थिति रहेकाे थियोे।

भोलि अन्तिम  दिनमा गायक तथा संगीतकार उत्तमजङ लिम्बू , गायक चोत्लुङ हाङ  लिम्बू, विर्तामोडकाे सास्कृतिक बेन्ड, नायिका उपसना लिम्बू , डान्सर दिलमाया लिम्बू , गायक कन्चन थलङ लिम्बू लगायतले बेजोड प्रस्तुति रहने जनाएको छ।

चिसोका कारण सुत्केरीको ज्यान गयो

चासोक तङ्नाम मेलामा पुर्वान्चललाई  हराउदै थेसिस अङ्ग्रेजी स्कुलले उचाल्यो उपाधि

Leave a comment

Your email address will not be published. Required fields are marked *