२०८१ कार्तिक ६, १८:१८
#ब्रेकिङ न्युज

८ घण्टासम्म रिपोर्ट नदिँदा मनमोहन मेमोरियल सामुदायिक अस्पतालमा महिलाको मृत्यु

बिर्तामोड-बिर्तामोडस्थित मनमोहन मेमोरियल सामुदायिक अस्पताल परिसरमा तनावग्रस्त बनेको छ ।

अस्पतालको लापरबाहीले बिर्तामोड नगरपालिका- ९ निवासी अन्दाजी ३४ वर्षीया नर्वदा बाँस्कोटाको मृत्यु भएको परिवारजनको आरोप लगाउदै अस्पताल परिसर घेराउ गर्दै नाराबाजी गरिरहेका छन् ।

घुँडामुनि सुन्निएर नर्वदालाई सोमबार बिहान ७ बजे मनमोहन अस्पतालको इमर्जेन्सीमा भर्ना गरिएको र बेलुका साढे ५ बजे मृत्यु भएको थियो ।  बिरामीको मृत्युको कारण अस्पताल प्रशासनले सार्वजनिक गरेको छैन ।

मनमोहनले उपचार पनि नगरेको र ८ घण्टासम्म रिपोर्ट नदिँदा अन्यत्र लैजान नसकेको उनको आरोप छ ।

घटनाको विषयमा इलाका प्रहरी कार्यालय अनारमनिमा दुवै पक्षबीच छलफल भइरहेको छ।

 

८ घण्टासम्म रिपोर्ट नदिँदा मनमोहन मेमोरियल सामुदायिक अस्पतालमा महिलाको मृत्यु

५ महिनामा १२ करोड रुपैयाँको कन्डम आयात

Leave a comment

Your email address will not be published. Required fields are marked *