२०८१ कार्तिक ६, १६:१६

५ महिनामा १२ करोड रुपैयाँको कन्डम आयात

काठमाडौं— चालू आर्थिक वर्ष २०८०/८१ को ५ महिनामा १२ करोड रुपैयाँको कन्डम आयात भएको छ ।

भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि मङ्सिरसम्म १२ करोड २ लाख रुपैयाँभन्दा धेरैको कन्डम आयात भएको हो ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार सो अवधिमा १ करोड ९४ लाख प्याकेट कन्डम नेपाल भित्रिएको छ । यस्तै, यसबापत राज्यकोषमा २४ हजार रुपैयाँ कर दाखिला भएको तथ्याङ्क विभागले सार्वजनिक गरेको छ । नेपालमा विशेष गरी चार वटा देशबाट कन्डमको आयात हुने गरेको छ ।

सबैभन्दा धेरै भारतबाट १० करोड ९४ लाख रुपैयाँभन्दा धेरैको १ करोड ८६ लाख ९२ हजार प्याकेट कन्डम भित्रिएको छ ।

यसबाहेक चीनबाट २२ लाख ४० हजार रुपैयाँको भित्रिएको छ । यस्तै, कोरियाबाट ५२ लाख ४२ हजारको र मलेसियाबाट ३३ लाख ४९ हजार रुपैयाँको भित्रिएको छ ।

तथ्यांकअनुसार गत आर्थिक वर्ष २०७९/८० मा ९ करोड २८ लाख ५८ हजार रुपैयाँको मात्रै आयात भएको थियो ।

 

५ महिनामा १२ करोड रुपैयाँको कन्डम आयात

आगलागीबाट अन्दाजी १ एक लाख बराबरको क्षति

Leave a comment

Your email address will not be published. Required fields are marked *