भारतबाट नेपाल जान खोज्ने इरानी नागरिकलाई दुई वर्षको जेल
काठमाडौं । उत्तर प्रदेशको महाराजगञ्ज जिल्लामा एक इरानी नागरिकलाई दुई वर्षको जेल सजाय सुनाइएको घटना सार्वजनिक भएको छ ।
समाचार एजेन्सी पीटीआईका अनुसार यी व्यक्ति ३८ वर्षीय इरानी नागरिक हुन् जसलाई करिब एक वर्षअघि भारत–नेपाल सीमामा पक्राउ गरिएको थियो उनको नाम हुसेन हमिदिया रहेको बताइएको छ ।
उनीमाथि नक्कली कागजात बनाएर भारतबाट नेपाल जान खोजेको आरोप लागेको छ ।
युपीका सहायक जिल्ला सरकारी अधिवक्ता सन्तोष कुमार मिश्रले अदालतको यो निर्णयको जानकारी दिएका छन् ।
अतिरिक्त सत्र न्यायाधीश पवनकुमार श्रीवास्तवको अदालतले उनलाई १० हजार जरिवाना समेत गरेको छ ।