२०८१ कार्तिक ६, १६:२०

काकडभिट्टाबाट काठमाडौ जाँदै गरेको बस दुर्घटना

काठमाडौं, ४ पुस । काकरभिट्टाबाट काठमाडौंका लागि छुटेको बा ३-००१ ख २५८७ नम्बरको यात्रुबहाक बस र मकवानपुरको हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको ना ७ ख ७३०० नम्बरको ट्रक  दुर्घटनामा परेको छ।

बस र ट्रक अमलेखगञ्जनजिकै तीन नम्बर पुलमा गए राति करिब २ बजे ठक्कर खाँदा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा परेर ट्रक चालक तनहुँ पिपलटारका २८ वर्षीय पूर्ण गुरूङ, बस चालक मकवानपुर हेटौंडा उपमहानगरपालिका ३ का ४० वर्षीय हरि शम्शेर सुयाल र करिब ३५ वर्षीय एक पुरूषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ।

गम्भीर घाइते भएका उनीहरूको उपचारका क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको हो।

को को भए घाईते

तनहुँ बन्दिपुर ६ का १७ वर्षीय तेजकुमार गुरूङ, सुनसरी भाती २ का ३० वर्षीय खिलराज दुलाल, इटहरी उपमहानगर ४ का ४० वर्षीय सुरेन्द्र गौतम, ३५ वर्षीय सम्झना गजुरेल घाइते छन्।

यस्तै १२ वर्षीया सोराय गौतम, ३ वर्षीय सोडनेम गौतम, बसका सहचालक झापाको दमकका करिब ४० वर्षीय नगेन्द्र उप्रेती पनि घाइते छन्।

भारतका ५२ वर्षीय सिडि माया, नामा एमसे, श्रीग धौगा, पासाङ काण्डु पनि घाइते छन्। साथै इलाम माईजुमा ५ का ३० वर्षीय विनोद तामाङ, चुलाछुटी ५ का वीरबहादुर तामाङ, संखुवासभाका चन्द्रबहादुर तामाङ, संखुवासभाकै विर्खबहादुर तामाङ, इलामका मनोजकुमार लिम्बू, प्रवेश पटेल, झापा कमल ५ का पूणम गुरूङ घाइते छन्।

भारतका छोमी लोप्चा, नामग्याल दोर्जे, माया लोप्चा पनि घाइते रहेको प्रहरीले जनाएको छ। झापाको अर्जुनधारा ११ का हरिनारायण विश्वकर्मा, इटहरीका अनिलकुमार थापा, झापाका धनबहादुर लिम्बू, झापाकै नयन खनाल घाइते छन्।

भारतका छिरिङ पालेदेन र उर्लाबारीका अमि श्रेष्ठ पनि घाइते रहेको प्रहरीले जनाएको छ।

 

काकडभिट्टाबाट  काठमाडौ  जाँदै गरेको  बस दुर्घटना

पौष ५ गते बिहिवारको राशिफल

Leave a comment

Your email address will not be published. Required fields are marked *