२०८१ कार्तिक ६, १६:२८

भागवती लेमिनेट प्रा लि मा एक मजदुरकाे हातमा लाग्यो गम्भीर चोट

मेचीनगर-झापाको मेचीनगर -१५, ज्यामिरगडीमा रहेकाे भागवती लेमिनेट प्रा लि मा एक मजदुरकाे हातमा गम्भीर चोट लागेकाे छ।

सिसिटिवीमा रहेको फुटेच अनुसार कल्पना राजबशीले काम गरिरहेकाे अवस्थामा अचानक हात प्लाई बनाउने मेसिनमा पसेकाे देख्न सकिन्छ।

उक्त घटना हिजै विहान घटेकाे भएता पनि आज मेची प्रेस डटकम र अनुसन्धान मिडियाले  सार्वजनिक गरेपछि  सनसनी भएर फैलिएको छ।

घाइते राजबशीकाे विर्तामोड स्थित विएनसी टिचिङ अस्पतालमा उपचार भईरहेकाे छ।

घटना के भएर घट्याे भन्ने  बारेमा थप छलफल भाेलि विहान मेचीनगर  नगरपालिकामा हुने लेमिनेट प्रा लिका सन्चालक सन्ताेष आचार्यले जानकारी  दिएका छ्न् ।

Leave a comment

Your email address will not be published. Required fields are marked *