२०८१ कार्तिक ६, २०:५०

आज अन्तरराष्ट्रिय आप्रवासी श्रमिक दिवस मनाईदै

काठमाडौं : डिसेम्बर १८ अर्थात् अन्तरराष्ट्रिय आप्रवासी श्रमिक दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ।

‘आप्रवासीको योगदानको कदर र अधिकारको सम्मान’ भन्ने नाराका साथ सोमबार दिवस मनाउन लागिएको हो।

दिवस पुस ६ गतेसम्म मनाउने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ।

इन्टरनेसनल अरगनाइजेसन फर माइग्रेसन (आइओएम) रिपोर्टअनुसार विभिन्न मुलुकका २८.१ करोड मानिस एक देशबाट अर्को देशमा बसोबास गरिरहेका छन्।

वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार नेपालबाट आर्थिक वर्ष २०५०/५१ देखि २०७९/८० सम्म करिब ७२ लाख १४ हजारभन्दा बढी युवा श्रम स्वीकृति लिएर विदेश गएका छन्, जसमा करिब चार लाख महिला छन्। पछिल्ला दुई वर्षमा विदेश जानेको संख्या छ लाख ३० हजार र सात लाख ७१ हजार छ।

मन्त्रायका सचिव केवलप्रसाद भण्डारीका अनुसार सोमबार बिहान विभिन्न सरोकारवाला समेतको सहभागितामा काठमाडौंमा प्रभातफेरी कार्यक्रम आयोजना गरिएको छ ।

आज अन्तरराष्ट्रिय आप्रवासी श्रमिक दिवस मनाईदै

बाजुरा केन्द्रबिन्दु भएर भूकम्प गयाे

Leave a comment

Your email address will not be published. Required fields are marked *