बाजुरा केन्द्रबिन्दु भएर भूकम्प गयाे
बाजुरा– बाजुरा केन्द्रबिन्दु भएर भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र, लैनचाैरका अनुसार सोमबार) बिहान ६:५२ बजेतिर बाजुराको कोल्टी केन्द्रबिन्दु भएर भूकम्प गएको हो।
भूकम्पको तीव्रता ३.५ रेक्टर स्केल मापन भएको छ।
पछिल्लो समय देशका विभिन्न ठाउँमा साना तथा ठूला भूकम्प गइरहेका छन्।