२०८१ कार्तिक ६, २०:५०
#ब्रेकिङ न्युज

पहिचानबादी समुहका ९ जना बन्दकर्ताहरु प्रहरी नियन्त्रणमा

झापा, मंसिर ३० । कोशी प्रदेशको झापा र  सुनसरी  बाट पहिचानबादी समुहका ९ जना पक्राउ परेका छन् ।

झापाको कमल गाउँपालिका-३ केर्खाका संघिय लोकतान्त्रीक मञ्च नेपालमा आबद्ध ईलाम चुलाचुलीका ध्रुव लावती, सिवसताक्षी नगरपालिका-७ का लिम्बुवान कार्यकर्ता उदयशिगु लिम्बु, नेपाल तामाङ घेदुङ संघ प्रदेश सदस्य जस कुमार तामाङ र संघिय लिम्बुवान चुलाचुली अध्यक्ष नरेन्द्र लिम्बु झापाबाट पक्राउ परेका हुन्  ।

यसैगरी ,धरानमा बन्द गराउँदै हिड्ने राष्ट्रीय जनमुक्ती पार्टी( सुनसरी सचिब) संघर्ष समिति सचिवालय सदस्य सिवहाङ राई, ज.स.पा. धरान १५ (अध्यक्ष) हरि राई, ज.स.पा.युवासंघ सुनसरी अध्यक्ष करूण राई, ज.स.पा. धरान सह‍-‍सचिव सुमन चेम्जोङ लिम्बु र किरात राई यायोख्खा सुनसरी सह-सचिव शम्भु राई धरानबाट पक्राउ परेका हुन् ।

प्रदेश नं १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले बन्द घोषणा गरेपछि सुनसान देखिएको धरानको मुख्य राजमार्ग ।

पहिचानबादी समुहका ९ जना बन्दकर्ताहरु प्रहरी नियन्त्रणमा

Leave a comment

Your email address will not be published. Required fields are marked *