२०८१ कार्तिक ६, १६:२६

मेचीनगर क्षेत्रका अव्यवस्थित बसोबास ३ हजार ३०, भूमिहिन सुकुम्बासी १ हजार ८१४ र भूमिहिन दलित ३०७ गरी ५ हजार १५१ जनाले जग्गाको निस्सा प्राप्त गर्ने

मेचीनगरले वडागत रुपमा मंसिर २५ देखि २९ गतेसम्म अभियान  सञ्चालन गरेर जग्गाको निस्सा वितरण कार्य अगाडि बढाएको छ । सोमबार वडाहरु १,२,३ र ४ बाट सुरु भएको अभियान शुक्रबार वडाहरु १३, १४ र १५ गरी सम्पूर्ण वडाहरुमा जग्गाको निस्सा वितरण कार्यक्रम सम्पन्न भएको हो ।

प्रक्रियागत रुपमा दर्ता भएका निवेदनका आधारमा अहिले मेचीनगर क्षेत्रका अव्यवस्थित बसोबास ३ हजार ३०, भूमिहिन सुकुम्बासी १ हजार ८१४ र भूमिहिन दलित ३०७ गरी ५ हजार १५१ जनाले जग्गाको निस्सा प्राप्त गर्ने छन् ।

भूमिहीन दलित, भूमिहिन सुकुम्बासी र अव्यस्थीत बसोबासीको लगत संकलन सम्बन्धी कार्यविधि २०७८ बमोजिम नगरपालिकाबाट सङ्कलित विवरणको निस्सा वितरण गरिएको नगर प्रमुख गोपालचन्द्र बुढाथोकीले जानकारी दिए। उनका अनुसार हालसम्म निवेदन पेस गरेका सुकुम्वासीको पहिचान गरी निस्सा वितरण गर्ने काम भइरहेको छ । अब छिट्टै नै दर्ता भएका फायलहरु प्रक्रिया पुर्याएर सम्बन्धित निकायमा पठाउने र यथाशिघ्र सम्बन्धित व्यक्तिहरुलाई जग्गाको धनीपूर्जा उपलब्ध गराउन कार्यमा आफूहरु लागि परेको उनको भनाई छ ।

निस्सा वितरण गर्न आफै प्रत्येक वडामा पुगेका नगरप्रमुख बुढाथोकीको टोलिमा उपप्रमुख मीना पोख्रेल उप्रेती, सामाजिक विकास समितिका संयोजक हृदय राजबंशी, मेचीनगर भूमि आयोग समितिका संयोजक अमित खम्बू, र सम्बन्धित वडामा सम्बन्धित वडाका जनप्रतिनिधिहरुको उपस्थिति रहेको छ ।

फर्म भर्न छुटेका, कागज नमिलेका, नामहरु सच्याउनु पर्ने लगायतका काम एक हप्तादेखि १५ दिनसम्मको समय दिइएको नगरपालिकाले जनाएको छ ।

भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोवासीको समस्या समाधान गर्न नगरपालिकाले बिगत एक बर्ष अघिदेखि ३ जना लगत प्रविष्टकर्ता, ४ जना फिल्ड सहयोगी र १ जना अमिनलाई निरन्तर खटाइरहेको छ । मंसिर २५ गतेदेखि सुरु भएको निस्सा वितरण कार्यक्रम यहि मंसिर २९ गते सम्ममा सकिनेछ ।

मेचीनगर क्षेत्रका अव्यवस्थित बसोबास ३ हजार ३०, भूमिहिन सुकुम्बासी १ हजार ८१४ र भूमिहिन दलित ३०७ गरी ५ हजार १५१ जनाले जग्गाको निस्सा प्राप्त गर्ने

मंसिर ३० गते शनिवारको राशिफल

Leave a comment

Your email address will not be published. Required fields are marked *