२०८१ कार्तिक ६, १६:३४
#छापाबाट

बलात्कार गरेको अभियोग लागेका सिद्धबाबा विरुद्ध पुनरावेदन दर्ता

विराटनगर ।  अनुयायीमाथि बलात्कार गरेको अभियोग लागेका सुनसरीको वराहक्षेत्र निवासी सिद्धबाबा उर्फ कृष्णबहादुर गिरीलाई सफाइ दिएको फैसलाविरुद्ध उच्च अदालत विराटनगरमा पुनरावेदन दर्ता भएको छ ।

जिल्ला अदालतले गत भदौ २७ गते गिरीलाई सफाइ दिएको थियो । उक्त फैसलाविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालयले उच्च अदालतमा यही मङ्सिर २२ गते पुनरावेदन दर्ता गराएको हो ।

गिरीले २०७६ साल कात्तिक ४ गते आफ्नै अनुयायी महिलामाथि करणी गरेको आरोप लागेको थियो ।

उक्त फैसलाविरुद्ध जिल्ला वकिलको कार्यालयले उच्च अदालतमा पुनरावेदन गरेको हो । सुनसरी जिल्ला अदालतले दोस्रो पटक मुद्दाको सुनुवाइ गर्दै सफाइ दिएको थियो । करणीको आरोप लगाउने व्यक्तिले नै प्रमाणको भार पुर्याउनुपर्ने भन्दै अदालतले गिरीमाथिको आरोप प्रमाणित हुन नसक्ने भन्दै सफाइ दिएको थियो ।

राजनितिक पहुच भएको कारण अहिले सम्म बाबाले कानुनको धज्जी उठाउदै लुकेर बस्दै  आएका छन्।

 

 

बलात्कार गरेको अभियोग लागेका सिद्धबाबा  विरुद्ध पुनरावेदन दर्ता

दक्षिण अफ्रिकामाथि १ सय ६ रनको फराकिलो

बलात्कार गरेको अभियोग लागेका सिद्धबाबा  विरुद्ध पुनरावेदन दर्ता

पेट्रोलियम पदार्थको मूल्य घटायो

Leave a comment

Your email address will not be published. Required fields are marked *